Loading...

नेपाली केयरगिभर कामदारकोलागि इजरायलको रोजगारी खुल्ला

Published Date: April 12, 2015

एन आइ न्यूज इजरायल

इजरायल सरकारले अन्तत नेपाली कामदारहरुलाई केयरगिभर कामदारकोलागि भिसा उपलव्ध गराउने भएको छ । करिव ६ बर्षको लामो अवरुद्दकाविचको निकै ठूलो दौडधुप पश्चात इजरायल सरकारले गत शुक्रवार नेपाल सरकार परराष्ट्र मान्त्रालयमार्फत श्रम मन्त्रालयलाई पत्राचार गरी पछिल्लो सहमति अनुरुप नेपाली कामदारलाई लिने भएको हो ।

इजरायल सरकारले पाइलट प्रोजेक्ट अन्तर्गत पहिलो चरणमा जीटूजी प्रक्रियाबाट परिक्षण स्वरुप ३०० कामदारकोलागि भिसा उपलव्ध गराउने बताउदै पत्राचार गरेको हो, यद्यपी कामदार पठाउन सम्झौता पत्रमा हस्ताक्षर हुन भने बाँकी नै रहेको र सम्भवत यही साता नै हस्ताक्षर हुने नेपाली राजदूतावास श्रोतले नेपाल इजरायल डट नेटलाई बतायो । “पछिल्लो सहमति बमोजिम जीटूजी प्रक्रियाबाट इजरायल कामदार आउनेछन्, त्यसकोलागि छिटो भन्दा छिटो प्रक्रिया शुरु गर्नुपर्छ” – दूतावास श्रोतको भनाई छ ।meta

इजरायल सरकारले यस अघि एजेन्सी मार्फत कामदारहरु ल्याउने गरेको छ र त्यसरी ल्याइएका विदेशी कामदारहरुलाई इजरायलस्थित एजेन्सीहरुको निगरानीमा राखिने गरिन्छ । रोजगारी खुलेसँगै सरकारले सरकारलाई प्रणाली मार्फत कामदार ल्याइदा कामदारहरुको व्यवस्थापन कसरी होला त भन्ने आम कामदारको चासोको विषय बनेको अवस्थामा इजरायल सरकारले गैर सरकारी संस्थाहरुको सहयोगमा कामदार व्यवस्थापन गर्ने मेकानिजम तय गरिसकेको श्रोतको भनाई छ । “इजरायल सरकारले इजरायलमा नन प्रफोटि मेकिङ अर्गनाइजेसनको सहयोगमा कामदारहरु व्यवस्थापन गर्ने मेकानिजन तय गरिसकेको छ, तर नेपाल सरकारले विशेष मेकानिजम अपनाएर कामदार पठाउने व्यवस्था गर्नुपर्छ” – श्रोतले भन्यो ।

इजरायलले इजरायली अदालतको निर्णय अनुसार नै अन्य मुलुकहरुबाट पनि जीटूजी प्रक्रियावाट नै विदेशी कामदारहरुलाई इजरायल ल्याउने तयारी गरिरहेको वुझिएको छ ।  इजरायलले हाल थाइल्यान्ड लगायत केही मुलुकहरुबाट कृषि कामदाकहरुलाई जीटूजी प्रक्रियावाट इजरायल ल्याउदै आइरहेकोमा पहिलो पटक नेपाली केयरगिभर कामदारहरुलाई यस प्रक्रियाबाट इजरायल ल्याउन लागेको हो । यससँगै नेपाली कामदारहरुलाई नियमित रुपमा इजरायल ल्याउन यस प्रक्रियाले बाटो खोल्ने आशा आम नेपालीहरुमा छाएको छ ।

इजरायलको केयरगिभर कामदारको रोजगारीमा जान नेपाल सरकारले स्वीकृति प्रदान गरेका प्रशिक्षण केन्द्रहरुबाट केयरगिभर कामदारको तालिम लिएको हुनुपर्ने छ । कामदारहरूको अन्तिम छनौट इजरायल सरकारले तोकेको इजरायली कम्पनीले नेपाली अधिकारीलाई समेत राखेर गर्नेछ । छनौटमा इजरायल सरकार र नेपाल सरकारविच चरण चरणमा भएका सम्झौता अनुरुप उनीहरुको उमेर, शिक्षा, स्वास्थ्य लगातका विषयहरुलाई प्रार्थमिकताकासाथ हेरिने छ ।

पूर्ण रुपमा निशुल्क भिसामा कामदारहरु इजरायल आउन पाउने बताउदै नेपाली राजदूतावासले कामदारहरु छनौट लगायत सम्पूर्ण प्रक्रियाहरुको बारेमा केही समयमै श्रम विभागले सुचना जारी गर्ने भएकाले अनाधिकारीक संस्था व्यक्ति विशेषको भरमा प्रक्रिया अगाडि नवढाउन पनि आह्वान गरेको छ ।

मासिक सरदर १ लाख रुपैयाँको हाराहारीमा कमाइ हुने मानिएको मध्यपूर्वको इजरायलको रोजगारी विशेष गरी महिला कामदारहरुको निम्ती सुरक्षित र आकर्शक गन्तव्यस्थलको रुपमा रहिआएको छ ।  इजरायल सरकारले करिव ६ बर्ष अघिदेखि म्यानपावर एजेन्सीहरुले कामदारबाट अत्याधिक रकम लिदै इजरायल प्रवेश गराएको, तालिम विना नै अत्याधिक मात्रामा असक्षम कामदारहरुलाई इजरायल प्रवेश गराउदा कामदारहरु समस्यामा पर्ने गरेको लगायत विभिन्न कारणहरु देखाउँदै नेपाली कामदारहरुलाई केयरगिभरको भिषा दिन रोक लगाएको थियो । त्यसलगत्तै इजरायलमा नेपाली कामदारहरुको संख्या घट्ने क्रममा रहँदै आएको छ ।



Recent Post
Recommendation
Loading...