मगर संघ इजरायलले भव्यताकासाथ माघेसंक्रान्ती मनायो

Published Date: October 30, 2014
 एन आई न्यूज इजरायल माया घले मगर, तेलअभिव, Jan-21-2014

मगर संघ इजरायलको आयोजनामा माघेसंक्रान्ती पर्व भव्य रूपमा सम्पन्न भएको छ ।गत शुक्रवार इजरायलको तेलअभिवमा मगर संघ इजरायलका अध्यक्ष बसन्त रास्कोटीमगरको सभापतित्वमा  सो कार्यक्रम सम्पन्न भएको  हो ।
उक्त कार्यक्रममा तमु समाज इजरायलका  अध्यक्ष दिप कुमार गुरुङ,एन आर एन इजरायलका उपाध्यक्ष बिशाल ज्ञवाली ,शेर्पा समाज इजरायलका अध्यक्ष  छिरिंग शेर्पा,किरात राई याक्थुंग चुम्लुंग इजरायलका  बरिष्ट उपाध्यक्ष कुमार राई, मगर संघ इजरायलका सल्लाहकार नन्द राना मगर, प्रमुख सल्लहाकार केशब राना मगर, उपाध्यक्ष बिष्णु पुन मगर,साहारा बाग्बल मगर, सल्लाहकार राधा आले मगर लगायतका व्यक्तीहरूको उपस्थिती रहेको थियो ।
माघेसंक्रान्ती मगर समुदायहरूका लागि निकै महत्वपुर्ण रहेको र यसको जगेर्ना गरिराख्नुपर्ने  र संसारको जुनसुकै ठाउमा रहेपनि आफ्नो भाषा,संस्कृती ,रीतिरिवाज र परम्परालाई भुल्न नहुने लगायतका कुराहरू कार्यक्रममा राखिएको थियो ।
इजरायलमा रहेका स्थानिय नेपाली कलाकारहरूले गित संगित तथा नृत्य प्रश्तूत गरेका थिए । कला प्रश्तुत गर्ने  स्थानिय कलाकारहरूमा तारा काउचा मगर, बिष्णु बहादुर पुन मगर,जया पुन मगर,नन्द राना मगर, केशव राना मगर, राम थापा मगर,पुर्णिमा पुन मगर, पुजा पुन मगर, खिमा पुन मगर, पुजा आले मगर, माया गर्बुजा मगर, सारा थापा मगर, सुकमाया थापा मगर, दिलु आले मगर, मन कुमारी गर्बुजा मगर, शान्ति फगामी मगर,खिमा पुर्जा मगर, मनिषा पाइजा मगर, पुनम पुन मगर,  टिका पुर्जा मगर,  कुमारी पुन मगर,  मिना पुन मगर रहेका थिए ।  कार्यक्रममा विशेष गरि मगर जातीको संस्कृति झल्कने लोक नृत्य र गित  गाइएको थियो ।

कार्यक्रमा सहभागीहरूलाई खाना  खुवाउनको लागि  खानाको वन्दोवस्ततर्फ बिष्णु पुन मगर, सुमित्रा राना मगर, तारा गर्बुजा मगर, मन कुमारी गर्बुजा मगर,  दिपा श्रृस मगर, गीता पुन मगर , अनु राना पुन मगर, प्रेम पुन मगर  लगायतका व्याक्तीहरू लागि परेका थिए ।  उनीहरूले आफ्नो गाँउघऱ विर्साउने गरि सेलरोटी , तरुल , तरकारी, अचार,  लगायतका  स्वादिष्ट परिकारहरु  वनाएर खुवाएका थिए ।

कार्यक्रमको भिडियो मदन आले मगर  र फोटो श्याम पुन मगरले  कैद गरेका थिए । उक्त कार्यक्रमको  संचालनद्वय सुश्री माया घले मगर र तारा काउछा मगरले गरेका थिए ।



----------
नयाँ पोष्टहरु
सिफारिश गरिएका
आजको भिडियो
Loading...